जनताको आवाज सुन्दै पर्सागढी–४ मा रास्वपा उम्मेदवार सुशील साह कानु

53

पर्सा, २३ माघ ।

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ भेडहा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार युवा नेता सुशील साह कानुले आज बिहान मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दा तथा मतदातासँग प्रत्यक्ष संवाद गर्दै समसामयिक राजनीतिक अवस्था, विकास निर्माण, रोजगारी, सुशासन तथा युवाको भूमिकालगायत विषयमा छलफल गरेका थिए। भेटघाटमा सहभागी मतदाताहरूले उत्साहपूर्वक आफ्ना समस्या, अपेक्षा र सुझावहरू राखेका थिए।

स्थानीय युवाहरूले विशेष गरी रोजगारीका अवसर, शिक्षा, स्थानीय पूर्वाधार विकास तथा पारदर्शी र उत्तरदायी शासनको आवश्यकता औंल्याउँदै उम्मेदवार कानुसँग खुला छलफल गरेका थिए। जवाफमा कानुले जनताका सुझाव र आवाजलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै जनमुखी राजनीति र जिम्मेवार नेतृत्व आजको आवश्यकता भएको बताए।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ। आगामी दिनहरूमा पनि क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने उम्मेदवार कानुको योजना रहेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.