जनमत पार्टी पर्साको प्रशिक्षण कार्यक्रम अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न

58

१७ मंसिर वीरगञ्ज, आनन्द पटेल।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको प्रमुख आतिथ्यमा पर्सा जिल्लामा आयोजित जनमत पार्टी पर्साको प्रशिक्षण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

वीरगन्जमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय नेतृत्व, कार्यकर्ताहरू, युवा तथा महिला टोलीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, नीति–कार्यक्रमको प्रभावकारी कार्यान्वयन, आगामी राजनीतिक रणनीति तथा जनस्तरमा पहुँच विस्तारका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

अध्यक्ष डा. राउतले पार्टीलाई वैचारिक रूपमा सबल, संगठनात्मक रूपमा सक्षम र जनमुखी रूपान्तरणका लागि निरन्तर जनसम्पर्क र प्रशिक्षण आवश्यक रहेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई अनुशासित, सक्रिय र जिम्मेवार रहने आह्वान गरेका थिए।

कार्यक्रममा पर्सा जिल्ला समेतका विभिन्न गाउँ–नगरबाट आएका कार्यकर्ताहरूले प्रशिक्षणका विषयमा आफ्ना धारणा राख्दै पार्टी अभियानलाई छिटो र प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

जनमत पार्टी पर्साद्वारा आयोजित यस प्रशिक्षण कार्यक्रममा जिल्ला तथा महानगर नेतृत्व, वडा स्तरका अध्यक्ष–सदस्यहरू, युवा तथा विद्यार्थी संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.