जनमत पार्टी पर्साद्वारा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवलाई स्वागत एवं सम्मान कार्यक्रम सम्पन्न

53

असार १८ , पर्सा

जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा

मधेस प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवको स्वागत एवं सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा हुदरमाई नगरपालिकाका युवा नेता मुकेश यादवसहित विभिन्न क्षेत्रका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

बुधबार जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवको प्रमुख आतिथ्यमा वीरगन्जस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका हुन्।

पार्टी प्रवेश गर्नेमा वीरगन्ज महानगरपालिका -७ का संजय रौनियार, वीरगन्ज महानगरपालिका – ८ की सरस्वती देवी, प्रमोद दाससहित दर्जनौं नेता कार्यकर्ता छन्। उनीहरूलाई मन्त्री यादवले टीका, अबिर र पार्टीको सदस्यता हस्तान्तरण गर्दै स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री यादवले जनमत पार्टी स्वराज आन्दोलनको माटोबाट उठेको पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीहरूलाई संगठित भएर अघि बढ्न आग्रह गरे।

“जनमत अब विकल्प होइन, परिवर्तनको लागि अपरिहार्य शक्ति बन्दै गएको छ,” मन्त्री यादवले भने, “यस्ता नयाँ पुस्ताका नेताहरूको आगमनले पार्टी अझ बलियो हुनेछ।”

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सप्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिश्रा,श्याम गुप्ता, अनिता रौनियार प्रदेश सदस्य बृजेस्वर चौधरी ,शिव यादव लगायत पार्टीका जिल्ला, नगर र वडास्तरीय नेताहरूको उपस्थिति रहेको कार्यक्रममा संगठन सुदृढीकरण, स्थानीय तहमा जनजागरण र आगामी राजनीतिक कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।

Leave A Reply

Your email address will not be published.