जनमत पार्टी पर्सा–१ का उम्मेदवार ओमप्रकाश सरार्फको इनर्वा दक्षिण टोलमा घरदैलो तथा संवाद कार्यक्रम सम्पन्न
वीरगञ्ज । माघ १२ गते पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ स्थित इनर्वा दक्षिण टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार सरार्फलाई स्थानीयवासीहरूले भव्य स्वागत तथा सम्मान गरेका थिए। सो अवसरमा बोल्दै उम्मेदवार सरार्फले मुलुकको निकास र विकासका लागि जनमत पार्टी र ‘हर्न’ चुनाव चिन्ह नै एकमात्र विकल्प रहेको उल्लेख गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आग्रह गर्नुभयो।
कार्यक्रममा जनमत पार्टीका नेताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सीए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी रामलगायत सयौं स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
घरदैलो तथा संवाद कार्यक्रमले पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीप्रति जनसमर्थन थप विस्तार हुँदै गएको देखिएको छ।