जनमत पार्टी प्रति हरेक वर्गको आकर्षण बढ्दो

103

जेष्ठ २१ गते,वीरगन्ज ।

जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्साका महिला उधमी एवं सक्रिय समाजिक कार्यकर्ता महिलाहरु आज जनमत पार्टीको सदस्यता ग्रहण गरि जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा अनिता महतो,लालमुनी महतो,पुजा कुमारी साह, इन्दु देवी,बबिता देवी ,सुदामा देवी,अर्चना चौधरी ,रोमा चौधरी ,सुगन्धी देवी लगायत रहेका छन् । उनीहरुलाई जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्य रम्भा मिस्रा,महानगर अध्यक्ष महादेव शर्मा, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता लगायतले सदस्यता प्रदान गरेका छन् । कार्यक्रममा क्षेत्र नम्बर १ का अध्यक्ष गगनदेवे यादव , महानगर उपाध्यक्ष केदार पटेल , सचीव लोकेश कर्ण ,महानगर युवा अध्यक्ष संजय सिह, जिल्ला सदस्य नागेन्द्र यादव ,नेताहरू नितम गिरी लगायतका उपस्थिति रहेको थियो।

त्यसैगरि वीरगन्जका सक्रिय समाजिक कार्यकर्ताको नेतृत्वमा सयौं युवाहरु जनमतमा प्रवेश गर्ने गरि कार्यक्रम तय भएको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।

Leave A Reply

Your email address will not be published.