जनमत पार्टी वीरगन्ज महानगर समितिको बैठक सम्पन्न, अध्यक्ष राउतको उपस्थितिमा हुने कार्यक्रमलाई भव्य गर्ने निर्णय

67

१३ वैशाख, वीरगन्ज । जनमत पार्टी वीरगन्ज महानगर समितिको बिस्तारीत बैठक शनिबार सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालयमा बैठक सम्पन्न भएको जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले बताए । बैठकले १४ दिन पछाडि पार्टी अध्यक्ष डा. सिके राउतको उपस्थितिमा हुने कार्यक्रमलाई भव्यरुपमा गर्ने निर्णय गरेको छ । यही २७ गते जिल्लाको विभिन्न ठाउँमा राखिएको कार्यक्रमको शान्तिपूर्ण रुपमा गर्ने निर्णय गरेको जनमत पर्सा अध्यक्ष सर्राफले जनाए । उनका अनुसार वैशाखको अन्तिम साता जिल्लाको विभिन्न पालिकामा कार्यक्रमहरु राखिएको छ, त्यसको व्यवस्थापन र तयारीको बारेमा आज बैठक बसेर सामूहिक छलफल गरिएको हो ।

मधेसको उत्थानका लागि जनमत पार्टीले अहिले गाउँगाउँमा गएर जनताको समस्या बुझ्‌ने रणनीतिमा छ । त्यही रणनीति अनुरुप जनमत पर्साले विभिन्न पालिकाको जनताको समस्याबारे उच्च तहका नेतालाई जानकारी गराउने हेतुले कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । उक्त दिन जमनत पार्टीका अध्यक्ष डा. राउतको आम सभाको कार्यक्रमसंगै जिल्लाका नेता कार्यकर्ता एवम सर्वसाधारणलाई भेट्ने कार्यतालिका रहेको जनमत पार्टी पर्साले जानकारी दिएको छ ।

महानगरको अध्यक्ष महादेव शर्माको अध्यक्षतमा सम्पन्न बैठकमा केन्द्रिय सदस्यहरु श्याम गुप्ता , रम्भा मिश्र, अनुराग द्विवेदी, अनिता रौनियार, नजमा खातुन, सन्तोष साह ,जिल्ला उपाध्यक्ष अमरनाथ सिह राठौर सहित ३२ वटै वडाका एकाइ अध्यक्षहरुको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.