जसपाले जनतालाई सडकमा उतार्दै, देशभर विरोध कार्यक्रम

39

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनसहित आफ्ना न्यायसङ्गत मागहरू सम्बोधन गराउन सरकारमाथि दवाव बढाउने उद्देश्यले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

पार्टीले चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना तथा जनसभा सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार मंसिर १० गते देशभरका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागसहित ज्ञापनपत्र बुझाइनेछ।

यस्तै, मंसिर ११ देखि १५ गतेसम्म हरेक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान सञ्चालन हुने छ।

त्यसपछि मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइनेछ।

मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्ला-स्तरीय विरोधसभा तथा जनसभा गर्ने कार्यक्रम छ।

प्रदेश-स्तरीय जनप्रदर्शन तथा विरोधसभा कार्यक्रममा विशाल जनसभा हुने बस्नेतले बताए ।

पार्टीका अनुसार आन्दोलनका थप चरणहरू आवश्यकता अनुसार सम्बन्धित जिल्ला वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.