जिल्ला प्रशासन पर्साद्वारा वीरगञ्जमा अनिश्चित कालिन कर्फ्यु आदेश जारी

81

वीरगञ्ज, मंसिर ११ । पर्सा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका तोकिएका चार किल्लाभित्र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू रहने जनाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवतजावत, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यु लागू गरिएको क्षेत्रको सिमाना यसप्रकार रहेको छः

पूर्व– बाइपास रोड

पश्चिम– सिर्सिया नदी

उत्तर– गण्डक चौक

दक्षिण– शंकराचार्य गेट

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारीसाधनहरू—एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रका कर्मचारी, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकट भएका यात्रुहरूलाई सुरक्षा निकायबाट सहजीकरण गरिने जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न तथा आदेशको पूर्ण पालना गर्न आग्रह गरेको

Leave A Reply

Your email address will not be published.