जिल्ला प्रहरी कार्यालय पर्साद्धारा ८५ लाख ७० हजारको सामान सहित ट्रक नियन्त्रणमा।
बिरगंज २६ कार्तिक अभिलाष गुप्ता
जिल्ला प्रहरी कार्यालय पर्साले ८५ लाख ७० हजारको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बिरगंज महानगरपालिका–८ घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट कैलालीतर्फ जाँदै गरेको ना ६ ख ५५१ नम्बरको मालबाहक ट्रकमा बिल विजक भन्दा बढीको ८५ लाख ७० हजार २ सय ४० रुपैया बराबरको औषधीहरु लोड रहेको पाईएपछि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।