जीवन ज्योति माविमा ‘यसपावर जेजे एसएस–२’ एचीम इन्सपायर कार्यक्रम सम्पन्न

50

वीरगञ्ज, पर्सा । जीवन ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा ‘यसपावर जेजे एसएस’ दोस्रो सिजन ‘एचीम इन्सपायर’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालयले गत वर्षबाट सुरु गरेको उक्त कार्यक्रम यस वर्ष दोस्रो सिजनका रूपमा आयोजना गरिएको हो।

कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा चारवटा क्याटेगोरी (पहेंलो, हरियो, रातो र निलो समूह) मा प्रतिस्पर्धा गराइएको थियो। सबै समूहले आ–आफ्नो दमदार प्रस्तुति दिँदै प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगितामा पहेंलो समूह प्रथम, हरियो समूह द्वितीय, रातो समूह तृतीय तथा निलो समूह चतुर्थ भएका थिए।

विद्यालयका सञ्चालक एवं प्रिन्सिपल शिवजी गुप्ताको अध्यक्षता तथा पर्सा क्रिकेट सङ्घका अध्यक्ष एवं एनआई कलेजका प्रिन्सिपल मनिष सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रिन्सिपल गुप्ताले विद्यालयले विद्यार्थीहरूको बौद्धिक तथा प्राविधिक विकासलाई प्राथमिकता दिने नीति अनुसार यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक र प्राविधिक ज्ञानमा पनि सक्षम बनाउने उद्देश्यले विद्यालय अग्रसर रहेको छ।

कार्यक्रमको निर्णायक मण्डलमा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, बुद्धिजीवी मनिष आस्वानी तथा महिला उद्यमी रश्मी दास रहनुभएको थियो। कार्यक्रमको परिकल्पना कामाची गुप्ताले गर्नुभएको हो।

विजेता तथा उपविजेता विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको धन्यवाद ज्ञापन विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ताले गर्नुभएको थियो भने सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गर्नुभएको थियो।

कार्यक्रम उत्साह र प्रेरणादायी वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.