जीवन ज्योति माविले पहिलोपटक नर्सरी एलकेजी युकेजी उर्तिण भएका विद्यार्थीहरुलाई दिक्षान्त समारोहबीच सम्मानित

497

बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति मावि बिधालयले पहिलोपटक दिक्षान्त समारोह एक कार्यक्रम बीच वार्षिक नर्सरी एलकेजी,युकेजी उतिर्ण गरेका विद्यार्थीहरुलाई सम्मानित गरेकाे छ।

जीवन ज्योति माविका संचालिका अर्थात प्रिन्सिपल मिनाक्षी गुप्ताको अध्यक्षता तथा बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यमा सो वार्षिक दिक्षान्त समारोह सम्पन्न भएको हो । दिक्षान्त समारोहमा प्रमुख अतिथि अग्रवालले यश बिधालयले विद्यार्थीहरुको मनोबल उच्च गर्ने र नयाँ अभास थालनी गरेकोमा खुशी ब्यक्त गर्नुभएको छ। निजी बिधालयले अहिले शिक्षा क्षेत्रमा धेरै योगदान दिन सफल भएको बताए ।

हामी उच्च शिक्षाको तथ्यांक हेर्ने हो भने सामुदायिक बिधालय भन्दा निजी बिधालयले शिक्षा क्षेत्रमा राम्रो प्रगति गरेको आफुले पाएको अग्रवालले बताएका छन् । जीवन ज्योति माविले पर्सामा पहिलोपटक सानो कक्षाको दिक्षान्त समारोह मनाउने काम गरेकोमा धन्यवाद समेत दिनुभएको छ। उनलेे भने उच्च शिक्षा हासिल गरेका अर्थात स्नातक उर्तिण गर्ने बेलामा यो दिक्षान्त समारोह मनाउने प्रवाधन रहदै आएकोमा यस बिधालयले नर्सरी ,एलकेजी, युकेजी उर्तिण भइ कक्षा १ मा पुगेकालाई सम्मानित गर्ने काम शुरुआत भएकोमा अरु बिधालयले पनि सिक्न आवश्यक रहेको बताएका हुन ।

उहाँले विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मान गदै विद्यार्थीहरु उच्च मनोबल हुने काम यो जीवन ज्योति स्कुलले गरेकोमा आफुले गर्नुपर्ने सहयोग सधैं रहने प्रतिबद्धता समेत जनाएका छन् । दिक्षान्त समारोहमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्रेस सेन्टर नेपाल मधेस प्रदेशका सचिव मुनेशलायो मगर ,मानव आश्रम सेवाका मधेस प्रदेशका संयोजक दिवेश मानव ,जीवन ज्योति माविका डाइरेक्टर शिवजी गुप्ता ,राइजीङ नेपालका अध्यक्ष मन्तु गिरि,बिधालयका संचालक निखिल गुप्ता तथा अभिभावकहरु र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

वार्षिक दिक्षान्त समारोह विद्यार्थीहरुले विभिन्न संस्कृतिक तथा नृत्य समेत प्रस्तुति गरेका थिए। कार्यक्रमको स्वागत मनतब्य बिधालयका संचालिका कामाक्ष गुप्ताले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।

Leave A Reply

Your email address will not be published.