जेन्जी आन्दोलनपछि जनमतको क्रेज चुलियो, वीरगन्जमा दुई दर्जनको सामूहिक प्रवेश

84

 

वीरगन्ज, असोज ५ आनन्द पटेल

जेन्जी आन्दोलनपछि जनमत पार्टीप्रतिको जनआकर्षण दिन प्रतिदिन बढ्दै गएको छ। यही क्रममा शनिबार वीरगन्ज महानगरपालिका–१६ अन्तर्गत नगवा कन्कड टोलका स्थानीय अगुवा शंकर महतोको नेतृत्वमा करिब दुई दर्जन स्थानीयवासीले जनमत पार्टीमा प्रवेश गरेका छन्।

जनमत पार्टी पर्साले आयोजना गरेको भेटघाट तथा जनसंवाद कार्यक्रममा पार्टी प्रवेश गराउँदै जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जनमतको “नौलो गणतन्त्र” नै अहिलेको जेन्जी पुस्ताको मुख्य एजेन्डा भएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, दलिय सेन्डिकेटको अन्त्य, प्रतिस्पर्धामूलक संवैधानिक नियुक्ति र भ्रष्टाचार अन्त्य जनमतको मूल आधार भएको स्पष्ट पारे।

“आम जनताको अवस्था परिवर्तनका लागि जनताकै सोचमा परिवर्तन हुनुपर्छ। निर्वाचन परिणाममा पनि अब आमूल परिवर्तन ल्याउन आवश्यक छ,” अध्यक्ष सरार्फले जोड दिए।

कार्यक्रममा जनमतका केन्द्रीय सदस्य विद्यालाल प्रसाद, रम्भा मिश्र, श्याम शंकर चौरसिया, प्रदेश सदस्य शिव यादव, राजनारायण मिश्र, भुपेन्द्र साह, महानगर अध्यक्ष महादेव शर्मा, क्षेत्रीय अध्यक्ष गगनदेव यादव, डा. मनोज सरार्फलगायतका नेताहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.