ज्ञानु देवी स्मृति जूनियर फुटबलमा जी.एच.पी. र डी.पी.एस.को शानदार जीत
माघ २३, वीरगञ्ज _ आनन्द पटेल
ज्ञानु देवी स्मृति जूनियर फुटबल प्रतियोगिता २०८२ अन्तर्गत सोमबार तेस्रो दिनका खेलहरू पनि अत्यन्तै प्रतिस्पर्धात्मक र उत्साहजनक वातावरणमा सम्पन्न भएका छन्। मैदानमा देखिएको युवा खेलाडीहरूको जोश, अनुशासन र खेलकौशलले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्यो।
तेस्रो दिन सम्पन्न दुई खेलमध्ये पहिलो खेलमा जीवन ज्योति र जी.एच.पी.बीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्धारित समयमा जी.एच.पी.ले जीवन ज्योतिलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सम्राट गुप्ता (जी.एच.पी.) म्यान अफ द म्याच घोषित भए।

त्यस्तै, दोस्रो खेलमा मिनिल्यान्ड र डी.पी.एस.बीच भएको प्रतिस्पर्धामा डी.पी.एस.ले एकतर्फी दबाब कायम राख्दै मिनिल्यान्डलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलभरि उत्कृष्ट खेल प्रदर्शन गरेका उत्तम सिंह (डी.पी.एस.) म्यान अफ द म्याच घोषित भए।
प्रतियोगितामा सहभागी टोली तथा खेलाडीहरूले अनुशासित र कौशलपूर्ण खेल प्रदर्शन गर्दै भविष्यका सम्भावनाशील फुटबल प्रतिभाको झलक प्रस्तुत गरेका छन्। दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगिताको रौनक थपिएको आयोजकले बताएका छन्।

यससँगै प्रतियोगिताले थप रोमाञ्चक मोड लिएको छ भने आगामी खेलहरू अझै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। युवा खेलाडीहरूका लागि यो प्रतियोगिता