टालटुल छानाबाट रंगीन कक्षाकोठासम्म: परसौतिपुर विद्यालयमा जीवन्त परिवर्तन

53

 

वीरगंज, साउन २२ — आनन्द पटेल

वर्षौंसम्म टालटुल छानामुनि, चिसो भुइँमा, कहिले भित्ताको अडेस त कहिले भुइँको भरोसामा बसेर पढ्न बाध्य परसौतिपुरका बालबालिकाहरूका लागि अब त्यो समय केवल स्मृतिमा सीमित हुने भएको छ। मधेश प्रदेशका पूर्वमन्त्री रहबार अन्सारीको अथक पहल र सक्रियतामा वीरगंज–२३ स्थित परसौतिपुरको एक आधारभूत विद्यालयमा उल्लेखनीय संरचनात्मक सुधार सम्पन्न भएको छ।

नयाँ बनाइएको कक्षा कोठाहरू अब रंगीन बेञ्च, उज्यालो वातावरण र आत्मसम्मानले भरिएको छन्। बालबालिकाको सपना अब चिसो भुइँमा होइन, समुचित कक्षा कोठामा फक्रन थालेको विद्यालय प्रशासनले जनाएको छ।

पूर्वमन्त्री अन्सारीले बताएअनुसार, यो केवल भवनको निर्माण होइन, बालबालिकाहरूको जीवनको पुनर्निर्माण हो। “यो सानो प्रयासजस्तो देखिए पनि, यसले उनीहरूको आत्मबल, आत्मविश्वास र भविष्यमा गहिरो प्रभाव पार्नेछ,” अन्सारीले भने।

स्थानीय अभिभावक र शिक्षकहरूले पनि यो प्रयासलाई अत्यन्त सकारात्मक रूपमा लिएका छन्। शिक्षकहरूका अनुसार, बालबालिकाहरूको सिकाइमा अब दृढ सुधार आउने अपेक्षा गरिएको छ।

“धुलोको भुइँबाट रंगीन बेञ्चसम्मको यो यात्रा, केवल संरचना परिवर्तनको होइन, सपनाको पुनर्जागरण हो,”

विद्यालयको भौतिक सुधारसँगै स्थानीय समुदायमा समेत शिक्षा प्रतिको विश्वास बढेको छ। यस्तो परिवर्तनले अन्य गाउँ–टोलका विद्यालयहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।

 

 

Leave A Reply

Your email address will not be published.