टि . १० क्रिकेट लिगको उपाधी डाक्टरलाई , महानगर बन्यो उपविजेता

388

 

वीरगन्ज ,५ बैशाख ।

नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि ( १० क्रिकेट लिग प्रतियोगिताको उपाधी नेपाल मेडिकल एसोसिएसन पर्साले उचालेको छ ।

टि ( १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत बुधबार भएको फाइनल खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज महानगरपालिकालाई बल आउटमा १(० अन्तरले हराएको हो ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा ८३ रनको लक्ष्य पाएको वीरगन्ज महानगरपालिकाले १० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो ।

दुई टिमको खेल बराबरीमा पुगेपछि बल आउटको माध्यमले नतिजा निकालिएको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ८२ रन बनाएको थियो ।

टि ( १० क्रिकेट लिग प्रतियोगिताका विजेता नेपाल मेडिकल एसोसिएसन पर्सालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

यस्तै उपविजेता बनेको वीरगन्ज महानगरपालिकालाई
नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका निर्देशक शरण कुमार अधिकारीले शिल्ड र प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रतियोगिता भरीका बेस्ट ब्याटसम्यानमा नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा। दिपेन्द्र झा , बेस्ट बलरमा डा। नरोतम उपाध्याय र बेस्ट फिल्डरमा नेपाल पत्रकार महासंघ पर्साका खेलाडी सदाम हुसेन चुनिए ।

उनीहरूलाई कार्यक्रम सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदिप तम्राकर र वीरगन्ज महानगरपालिका २० का वडा अध्यक्ष रामकिशोर सिंह ९ पराग ० ले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

यसअघि बुधबार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज बैंकर्स ग्रुपलाई हराएर फाइनलमा प्रवेश गरेको थियो ।

भने मंगलबार आयोजक नेपाल राष्ट्र बैंकलाई हराएर वीरगन्ज महानगरपालिका फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.