टी–२० ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

44

काठमाडौं । आइसीसी महिला टी २० विश्वकप कप ग्लोबल छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले २७ रन बनाइन् । विष्फोटक प्रदर्शन गरेकी सीताले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा २७ रन बनाइन् ।

यस्तै, रुबिना क्षेत्रीले पनि नटआउट ३७ रन बनाइन् । विन्दु रावलले १८ र सम्झना खड्काले १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेदरल्यान्ड्सका लागि इजाबेला भान देर वोनिङले ३ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले पूरै २० ओभर खेलेर ५ विकेटको क्षतिमा १४० रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि बाबेट दे लिडेले सर्वाधिक ४९ रन बनाइन् । उनले ४७ बल खेल्दा ७ चौका प्रहार गरिन् । स्टेरे कालिसले ३० रन जोडिन् । नेपालका लागि रुबिना क्षेत्रीले २ तथा सोमु विष्ट, पूजा महतो र रिया शर्माले १ १ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.