टी–२० विश्वकप छनोट : आज नेपालको निर्णायक भिडन्त ओमानसँग

62

ओमानमा जारी आइसिसी टी(२० विश्वकप एसिया एन्ड इएपी छनोट अन्तर्गत सुपर(६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ। छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समय अनुसार ८:४५ राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा हुने छ।

सुपर(६ को शीर्ष टोली ओमान र दोस्रो स्थानको नेपाल दुवैको ६(६ अंक छ। आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी(मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी(२० विश्वकप २०२६ मा पुग्नेछ। अन्तिम खेल अघि नै टी(२० विश्वकपमा स्थान बनाउने अभियानमा रहेका दुवै टोली उच्च लयमा छन्। सुपर(६ मा नेपालले यस अघि युएई र कतारलाई पराजित गरेको थियो। ओमानले पनि सुपर(६ मा युएई र कतारलाई नै हराएको थियो।

टी(२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म आठ खेल भएका छन्। जसमा नेपाल ५ खेलमा विजयी हुँदा ओमनले २ खेलमा जित निकालेको छ। एक खेल भने टाइ भएको छ। टाइ भएको उक्त खेल सुपर ओभरमा भने ओमानले जितेको थियो।

पछिल्लो पटक नेपाल र ओमानबीच सन् २०२४ को अक्टोबरमा प्रतिस्पर्धा भएको थियो। क्यानडामा भएको ट्राइ सिरिजको दुवै खेलमा नेपाल विजयी भएको थियो। दुवै टोली पछिल्लो समय भने फर्ममा छन्। ओमान आफ्ना पछिल्ला पाँचै खेलमा विजयी हुँदा नेपालले पाँचमध्ये चार खेलमा जित हात पारेको छ। नेपाल लगातार चार खेलमा विजयी छ।

छनोटमा नेपालका लागि सन्दीप लामिछानेले ४ खेलमा १० विकेट लिइसकेका छन्। अरु बलर लगातार चल्न सकेका छैनन्। दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले ४ खेलमा ४ विकेट लिएका छन्। ओमानका लागि जितेन रमानन्डीले ७ विकेट लिएका छन् भने नदीम खान, शकील अहमद र शाह फैसलले ५(५ विकेट लिएका छन्।

ब्याटिङमा नेपालका लागि कुशल भुर्तेलले ४ खेलमा १२१ रन बनाएका छन् भने रोहित पौडेलले ११२ रन जोडेका छन्। आसिफ शेखले पनि १०२ रन बनाइसकेका छन्। ओमानका लागि जतिन्दर सिंहले ११८ रन बनाएका छन्। अरु ब्याटरले चार खेलमा सय रन बनाएका छैनन्। दुवै टोलीले आजको खेल गुमाए पनि विश्वकप छनोटको सम्भावना बाँकी नै रहन्छ। अन्तिम खेल जितेमा विश्वकपम स्थान पक्का हुनेछ। नेपालले अन्तिम खेलमा शुक्रबार सामोआ र ओमानले जापानसँग खेल्नेछन्।

आजको खेल जित तथा अन्तिम खेल पनि आफ्नो पक्षमा पर्ने टोली छनोटको च्याम्पियन हुनेछ। त्यसैले आजको खेलको नतिजाले विश्वकपमा स्थान पक्का मात्र होइन च्याम्पियन बन्ने टोली पनि निर्धारण गर्न सक्ने छ।

Leave A Reply

Your email address will not be published.