टी–२० विश्वकप यात्रा: सुपर सिक्समा नेपालको सामना आज यूएईसँग
समाचार:
काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘बी’को विजेता बनेको नेपाल र समूह ‘ए’को विजेता बनेको यूएईले दुई–दुई अंकका साथ अन्तिम ६ मा स्थान बनाएका हुन्।
यस प्रतियोगितामा नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’मा मलेसिया, कतार र यूएई रहेका छन् भने समूह ‘बी’मा नेपाल, कुवेत र जापान थिए। यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोअ रहेका छन्। समूह ‘ए’बाट यूएई र कतार, समूह ‘बी’बाट नेपाल र जापान तथा समूह ‘सी’बाट ओमान र सामोअ सुपर सिक्समा प्रवेश गरेका हुन्।