ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा १ जना महिला सहित ६१ जनाले गरे रक्तदान  

116

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज, जेष्ठ १२

सामाजिक विकास र मानव सेवाको भावनालाई आत्मसात गर्दै स्वतन्त्र विद्यार्थी यूनियन, ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजले सोमबार  रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम क्याम्पस परिसरमै भव्य रुपमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं.–१ का सभापति अरविन्द गुप्ता थिए। आयोजकका तर्फबाट स्वतन्त्र विद्यार्थी यूनियनका सभापति राज कुमार यादवले कार्यक्रम सञ्चालन गरे। क्याम्पस प्रमुख रंजित प्रसाद यादव विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।

यस अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृज किशोर पटेल, तथा रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता अतिथि उपस्थितिमा रहे।

रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे र मनिष गुप्ताले प्राविधिक सहयोग प्रदान गरेका थिए। उनीहरूको सहकार्यमा कार्यक्रम व्यवस्थित र सफल रहन सको।

कार्यक्रममा कुल ६१ जनाले रक्तदान गरेका थिए, जसमा १ जना महिला सहभागी थिए। रक्तदान गर्ने मध्ये प्रीती पटेल, रिकेश यादव, रामन मिश्रा, राजेश्वर यादव, नुरुहा मन्सुरी, आकाश कानु, गौरी सिंह, दीपनारायण, राहुल यादव, राहुल सिंह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा आयोजक समितिले सहभागी सम्पूर्ण रक्तदाता, अतिथि, प्राविधिक सहयोगी तथा स्वयंसेवकहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापनपत्र प्रदान गरेको थियो।

यस कार्यक्रमले समाजमा स्वैच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने र युवाहरुलाई सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने अपेक्षा लिएको छ।

Leave A Reply

Your email address will not be published.