ठोरीको वृद्ध–वृद्धा आश्रमका लागि उपकार सेवा नेपालद्वारा नियमित खाद्यान्न तथा जिन्सी सामग्री सहयोग

23

पर्जिसा ल्लाको ठोरी गाउँपालिका–१ भगवाननगर स्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्तिहरू, असहाय आमा–बुबा तथा बालबालिकाका लागि उपकार सेवा नेपालले मंसिर २ गते पनि नियमित रूपमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ।

आश्रमका सदस्य रामबहादुर थिङलाई एक साधारण कार्यक्रममार्फत चामल, दाल, खानेतेल, नून, बिस्कुट, मसुर दाल, मुङ दाल, सोयाबिन, चना, अचार, सर्फ, लुगाधुने साबुन, नुहाउने साबुन, डाइपर, धनिया, खुर्सानी, बेसारलगायत सामग्री संस्थाले हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रम संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूको उपस्थितिमा सम्पन्न भयो।

उपकार सेवा नेपालले आश्रममा बसोबास गर्ने असहाय तथा विपन्न नागरिकको दैनिकी सहज बनाउन प्रत्येक महिना नियमित रूपमा खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आइरहेको संस्थाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.