डिजिटल सुशासनबारे मधेश विश्वविद्यालयमा प्रहरी उपरीक्षक पाठकको अन्तरक्रिया
असोज २२ , वीरगञ्ज, आनन्द पटेल
मधेश विश्वविद्यालयमा संचालित कानून तथा जनप्रशासन संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले E-Governance र Digital Transformation विषयमा अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा सम्पन्न भएको कार्यक्रममा प्रहरी उपरीक्षक पाठकले डिजिटल युगमा सुशासन र सार्वजनिक सेवाको प्रभावकारिता बढाउन सूचना प्रविधिको उपयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले सरकारी निकायमा इ-गभर्नेन्सको कार्यान्वयन, पारदर्शिता, र जनसेवाको सहज पहुँचका लागि प्रहरी प्रशासनले अपनाइरहेको अभ्यासबारे विस्तृत जानकारी दिनुभयो।
कार्यक्रमको क्रममा विद्यार्थीहरूले समेत विभिन्न प्रश्न राखी डिजिटल रुपान्तरणका चुनौती र अवसरबारे छलफल गरेका थिए।
कार्यक्रमपछि सहभागी विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गराइएको थियो।