तराई मधेसबाट सरकारलाई एलर्जी भएको छ : अध्यक्ष आदव

26

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई तराई मधेसबाट एलर्जी भएको आरोप लगाएका छन् । नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभाको छलफलमा उनले चुरे संरक्षणको नामबाट तराई मधेस हटाइएको भन्दै विरोध जनाए ।

‘सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको नाम संशोधन गरेर त्यसबाट तराई मधेस हटाएको हेर्दा सरकारलाई तराई मधेसबाट एलर्जी भएको देखियो,’ उनले भने ।नीति तथा कार्यक्रममा सरकारले राष्ट्रपति चेर तराई मधेस संरक्षणको नाम संशोधन गरेर राष्ट्रिय चुरे संरक्षण आयोजना राखेको छ ।

यादवले सङ्घीयतालाई बलियो बनाउनेगरी नीति तथा कार्यक्रम नआएको टिप्पणी गरेका छन् । ‘सरकारको नीति तथा कार्यक्रमले सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि यसलाई कमजोर बनाउँदै वितृष्णा फैलाउनेतर्फ केन्द्रित भयो । प्रदेश, स्थानीय तहले गर्ने काम पनि सङ्घीय सरकारको जिम्मेवारीमा राखेर सङ्घीयतालाई कमजोर बनाउन खोजियो,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.