दिपेन्द्र चौहानको ५४औं जन्मदिन विशेष: मानव सेवा आश्रममा उत्सव

93

वीरगञ्जका वरिष्ठ पत्रकार दिपेन्द्र चौहानले आफ्नो ५४औं जन्मदिन समाजसेवामुखी तरिकाले मनाउँदै उदाहरण प्रस्तुत गरेका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष समेत रहेका चौहानले आइतबार वीरगञ्ज स्थित मानव सेवा आश्रममा पुगेर आश्रममा बसोबास गर्दै आएका वृद्धवृद्धा र असहायहरूसँग जन्मदिन मनाएका हुन्। उनले उपस्थित लक्ष्मीनारायणहरूलाई भोजन गराउँदै आत्मीयता र मायाको अनुभव दिलाए।

सामान्यतया जन्मदिन केक काटेर भोज–भतेर वा औपचारिक कार्यक्रम मार्फत मनाइने परम्परा रहे पनि चौहानले यसलाई समाजसेवा र मानवीयतासँग जोडेर फरक शैलीमा मनाएका हुन्।

पत्रकार चौहान विगत लामो समयदेखि सामाजिक मुद्दा, नागरिक अधिकार र जनचेतनामुखी पत्रकारितामा सक्रिय रहँदै आएका छन्। नेपाल पत्रकार महासंघका पूर्व सचिव रहेका उनले यसपटक जन्मदिनलाई असहाय समुदायसँग खुशी बाँडेर स्मरणीय बनाएका छन्।“जीवनमा उमेर बढ्दै जाँदा समाजसँगको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्छ। जन्मदिनमा यहाँ आएर सेवा गर्न पाउनु मेरो लागि ठूलो खुसी हो,” चौहानले भने।मानव सेवा आश्रमका प्रतिनिधिहरूले पनि चौहानको सामाजिक उत्तरदायित्वपूर्ण कदमलाई सराहना गर्दै यसले अन्य व्यक्तिहरूलाई पनि समाजसेवातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के।सी। लामिछाने, महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, महासंघका केन्द्रीय प्रतिनिधि परिषद सदस्य विजय कुशवाहा, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझीसहितको उपस्थिती रहेको थियो।

Leave A Reply

Your email address will not be published.