देशभर विभिन्न कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

32

काठमाण्डौ – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।

प्रजातन्त्रकै जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । यही असन्तुष्टिकैबीच गएको भदौ २३ र २४ गते नवयुवाहरुले विद्रोह गरेका थिए । भदौको नवयुवाको विद्रोहपछिको विशेष परिस्थितिमा आउँदो २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ ।

Leave A Reply

Your email address will not be published.