धनुषामा पुलिस अफ द मन्थको सम्मान प्रहरी निरीक्षक मनोज यादवलाई
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ साल फागुन महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उक्त सम्मान प्रहरी निरीक्षक मनोज कुमार यादवलाई प्रदान गरिएको हो।
प्रहरी निरीक्षक यादवले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह गर्दै शान्ति–सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यादवले विशेष गरी अपराध नियन्त्रण, अनुसन्धान तथा सार्वजनिक सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गर्दै उल्लेखनीय योगदान दिएका छन्। साथै, विभिन्न सुरक्षा योजनाहरू कार्यान्वयन गरी जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्न सक्रिय भूमिका खेलेका थिए।
उनको नेतृत्वमा प्रहरीले विभिन्न कार्यक्रम तथा सुरक्षा व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाएको, जसले नागरिकमा सुरक्षाको अनुभूति थप बलियो बनाएको उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरर्द्वारा हस्ताक्षरित प्रमाणपत्र मार्फत उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरी संगठनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न प्रत्येक महिना ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै आएको छ।