धोबिनीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा केन्द्रित विशेष कार्यक्रम सम्पन्न

8

मंसिर २, आनन्द पटेल

पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरको परिसरभित्र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेड क्वार्टर पर्साको आयोजनामा “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” संचालन गरिएको छ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमज्यू प्रमुख अतिथि रहनुभएको थियो।

विशिष्ट अतिथिमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट आएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त प्रसाद यादव, धोबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चौहान, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, पर्सा जिल्लाका सीमा जोडिएका स्थानीय तहका जनप्रतिनिधि तथा प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपी प्रतिनिधिसहित करिब ६०–६५ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा सीमा सुरक्षाका लागि समन्वयात्मक ढंगले कार्य गर्नुपर्ने, सीमावर्ती समुदाय लक्षित विकास कार्यक्रम संचालन गर्नुपर्ने तथा सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य र समन्वय बढाउनुपर्ने विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो।

साथै कार्यक्रमका क्रममा धोबिनी गाउँपालिका–२ का ३३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण  हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.