गत वर्षको तुलनामा महानगरले तीन करोड बढी राजस्व उठायो

347

जेठ ३, वीरगञ्ज । वीरगंज महानगरपालिका राजस्व महाशाखाले चालू आव २०८०÷८१ को वैशाख मसान्तसम्म ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए ।

गत वर्षको यसै महीनासम्म महानगरले रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो । गत वर्षको तुलनामा चालू आवमा महानगरले रु तीन करोड १८ लाख ९८ हजार २९ बढी राजस्व सङ्कलन गरेको महाशाखा प्रमुख कर्णले बताए ।

महानगरले सम्पत्तिकरबाट चालू आवको वैशाखसम्म रु १३ करोड ९३ लाख ६२ हजार ९७१, भूमि÷मालपोत करबाट रु ७७ लाख ९६ हजार ११०, घरबहाल करबाट रु चार करोड ९६ लाख ७५ हजार ३६५ रुपैया राजश्व सँकलन गरेको छ ।

वीरगंज महानगरपालिकाले चालू आवमा रु ७५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएको छ । आगामी दुई महीनामा सो लक्ष्य पूरा गर्ने दायित्व महानगरमा रहे पनि आर्थिक मन्दीका कारण राजस्व सङ्कलन प्रभावित हुने देखिएको छ । दुई महीनामा लगभग रु ६० करोड राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.