नवडिप एकाडेमी विद्यालयद्वारा कक्षा सजावट प्रतियोगिता सम्पन्न, कक्षा ४ उत्कृष्ट
१८ जेठ वीरगञ्ज , आनन्द पटेल
बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको नवदिप एकाडेमी माध्यमिक बिधालयले कक्षा सजावट प्रतियोगितामा सम्पन्न गरेको छ । विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले आफ्नो कक्षा सजावका सामग्री प्रदर्शन गरेका थिए । जस अन्तर्गत कक्षा ४ को बि सेक्सनले कक्षा सजावट प्रतियोगितामा बाजि मारेको छ।
नवदिप एकेडेमीका विद्यालयकी प्रधानाध्यापक सुशीला साहको अध्यक्षता तथा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । आईतबार सजावटको अनुगमन गर्ने क्रममा सबै विद्यार्थीहरुले आ – आफ्नो कक्षाहरू उत्कृष्ट रूपमा सजावट गरेका थिए।प्याब्सनका अध्यक्ष एवम् प्रमुख अतिथि चौधरीले गुणस्तरीय शिक्षासँगै अन्य क्रियाकलापमा पनि उतिकै विद्यार्थीहरु अब्बल रहेको बताए ।
विद्यार्थीहरुको कलाप्रति उत्साहित हुदै चौधरीले भने अहिले हरेक चित्रहरू यसरी आफ्नो कला मार्फत प्रदर्शनीमा उत्रिएकोमा खुशी ब्यक्त गरेका हुन ।
निजी बिधालयका विद्यार्थीहरुले अहिले खेलकुद देखि अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुनु भनेको आफ्नो कला प्रदर्शन गर्नु हो भनेर उनले बताए । विद्यार्थीहरुले तयार गरेको कक्षा कोठा सजावट एकदमै राम्रो रहेको हुनाले यसमा अंक दिन पनि निर्णायक मण्डललाई समेत गाह्रो भएको उनले बताए ।
उक्त कक्षा कोठाको सजावट निर्णयक मण्डलहरु प्याब्सनका पुर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय,प्याब्सन मधेस प्रदेशका सल्लाहकार इमामुदिन अहमद ,पत्रकार जगत राई ,अभिभावकको तर्फबाट राजकुमार तामाङ रहनु भएको थियो । कक्षा कोठा सजावटमा कक्षा ४ को बि सेक्सन प्रथम, कक्षा १ ए सेक्सन दोस्रो कक्षा ५ तेस्रो एलकेजी चौथो स्थानमा हासिल गरे । कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा प्रमुख अतिथी, अतिथी लगायत विद्यालयका शिक्षक, शिक्षिका विद्यार्थी लगायतलाई विद्यालयकी सञ्चालिका सुशील साहले धन्यबाद दिईन् ।