नवनिर्वाचित सांसदको शपथदेखि बैठकसम्म बहुउद्देश्यीय हलमा तयारी पूरा

52

काठमाडौँसङ्घीय संसद् सचिवालय ले प्रतिनिधिसभा सदस्यहरूको शपथ तथा प्रारम्भिक बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मंगलबार सिंहदरबार मा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिवालयले निर्माणाधीन संसद् भवनको अवस्थाबारे जानकारी गराउँदै बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठक सञ्चालन गर्न सबै तयारी सम्पन्न भइसकेको जनाएको हो।

सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण सम्पन्न नभएकाले प्रारम्भिक चरणका बैठकहरू बहुउद्देश्यीय हलमै बस्नेछन्। त्यसका लागि सिट व्यवस्थापन, रोष्ट्रम, सभामुखको आसन, महासचिव तथा सचिवहरूको बस्ने स्थान लगायत आवश्यक संरचना तयार गरिएको छ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरी ले बहुउद्देश्यीय हल नजिकै रहेको नयाँ भवनमा कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल तथा सभामुखको कार्यकक्षको समेत व्यवस्थापन गरिएको जानकारी दिए।

उनका अनुसार संसद् भवनको निर्माण अवस्था हेर्दा शपथपछि सुरु हुने पहिलो अधिवेशनका सबै बैठकहरू बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना देखिएको छ।

प्रवक्ता गिरीले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्दा केही जटिलता आउने भन्दै संसद् भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको बताए।

सचिवालयका अनुसार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते बहुउद्देश्यीय हलमै गराइनेछ।

Leave A Reply

Your email address will not be published.