नारायणी एफएमको २०औँ वार्षिकोत्सवमा पहिलोपटक समाचार वाचन प्रतियोगिता सम्पन्न

57

वीरगञ्ज । नारायणी एफएमको २०औं वार्षिकोत्सवको अवसरमा आयोजित समाचार वाचन प्रतियोगिता आइतबार सम्पन्न भएको छ। वीरगञ्जबाट प्रसारित हुँदै आएको सामुदायिक रेडियो नारायणी एफएमले नेपालमा पहिलोपटक आफ्नो स्थापनादिवसको अवसरमा सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय तथा सुर्यनारायण विक तृतीय भएका छन्। साथै सन्तावना पुरस्कार बाट सुरेश विडरी, बिमाला गुप्ता र आरजु देवकोटालाई सम्मान गरिएको छ।

प्रथम हुने तिमिल्सनाले नगद २०हजार, दुतिय हुने खरेलले नगद १५ हजार ,तृतिय हुने बिकले नगद १० हजार प्राप्त गरेका थिए । साथै सान्तावना पुरस्कार जितेका बिडारी, गुप्ता र देवकोटाले जनही नगद ५हजार प्राप्त गरेका थिए । बिजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथी राजेशमान सिंहले पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।

समाचार वाचन क्षमताको विकास, युवा सञ्चारकर्मीलाई प्रोत्साहन र समुदायमा स्रोतसञ्चारको प्रभावकारिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नारायणी एफएमका प्रमुख गोबिन्द देवकोटाले बताए ।

एफ.एमका प्रमुख गोबिन्द देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, पर्साका एसपी सुदिपराज पाठक, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतकाले धारणा राखेका थिए । कार्यक्रमका सहजीकरण एफ.एम.का स्टेशन प्रमुख शिवनाथ यादवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.