नारायणी रंगशालाको काम छिटै आगाडी बढाउने : सदस्य सचिव गुप्ता

57

३० वैशाख , वीरगन्ज

मधेश प्रदेश खेलकुद विकासका सदस्य सचिव शिवजी गुप्ताले सोमबार वीरगन्ज स्थित नारायणी रङ्गशालाको अनुगमनके गरेका छन । लामो समयदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशालाको गुप्ताले अनुगमन गरेका छन ।

अनुगमनका क्रममा नारायणी रङ्गशालाभित्र धेरै काम गर्नु पर्ने उनले बताए । अहिले रंगशालाको अवस्था निक्कै खराब रहेको छ । ठाउँ ठाउँमा खाल्टो परेको कारण फिल्डमा पानी जमेको , भौतिक अवस्था जीर्ण रहेको उनले बताए । साथै उनले अब यो रंगशालाको छिट्टै स्तररोन्ती गरिने बताए। उनले भने  चाँडै रंगशालाको स्तरउन्नती गर्न प्रदेश सरकारले तयार रहेको बताए।
उनको अनुगमनले स्थानीय खेलाडीमा आशा पलाएको र चाँडै रंगशालाको खेल सञ्चालन हुनेमा विश्वस्त रहेको तेक्वान्दो  अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक महमद वेश शेख  र मधेश प्रदेशका धेरै युवा खेलाडीहरूले खुशी व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.