निजी विद्यालयहरू प्याब्सनमा आबद्ध हुन उत्साहित, हालसम्म ५४ सदस्य विद्यालय
वीरगन्ज, साउन २०
निजी विद्यालयहरूको छाता संस्था प्याब्सन महानगरले वीरगन्ज महानगरपालिका–१४ स्थित फुरकान नेशनल एकेडेमी र वडा नम्बर १६ स्थित नेशनल मोडल स्कुल, नगवाको अनुगमन गरेको छ। प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवका अनुसार, विद्यालयलाई प्याब्सनमा आबद्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो।
अनुगमनको क्रममा विद्यालयले बीरगन्ज महानगरपालिकाले तोकेको शिक्षा नियमावली अनुसार सञ्चालनमा रहेरनरहेको, कर चुक्ता, अनुमति पत्र र मान्यता प्राप्त शैक्षिक सत्र सञ्चालन भएको छरछैन भन्ने आधारमा मूल्यांकन गरिएको थियो। यदि सबै मापदण्ड पुरा भएमा महानगर कमिटीले प्याब्सन जिल्ला कार्यसमितिमा सिफारिस गर्नेछ र त्यही अनुसार सदस्यता प्रदान गरिने श्रीवास्तवले बताए।
उनका अनुसार अहिले प्याब्सनमा ५४ वटा निजी विद्यालयहरू आबद्ध भइसकेका छन् भने अन्य थुप्रै विद्यालयहरू आबद्ध हुन इच्छुक छन्।
प्याब्सन नगर सचिव अमित आलोकले बिहीबार मात्रै आचार्य एकेडेमी, सुफा एकेडेमी र गोल्डेन वाटिका ९हरपतगंज० गरी ३ विद्यालयले सदस्यताका लागि प्रक्रिया अघि बढाएको जानकारी दिए। उनले भने, “गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा प्याब्सनको भूमिका प्रभावशाली भएकाले ग्रामीण तथा शहरी क्षेत्रका धेरै विद्यालयहरू आकर्षित भइरहेका छन्।”