नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाज द्धारा प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

1,293

वीरगन्जः नेकपा एमाले निकट भांतृ संगठन नेपाल उत्पीडित जातीय मुक्ती समाजले मधेश प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रम मुक्ती समाजका मधेश प्रदेश अध्यक्ष पञ्चदेव खाणको अध्यक्षता एवंम केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्माको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
सो अवसरमा मुक्ती समाजले समाजमा सबै सराबरी, मान्छे बराबरीको नाराका साथ टारगेट कन्मर्सन९ न्याय, समानता र जागरण अभियान० २०८० प्रदेश स्तरीय तीन महिने कार्यक्रमको शुभारम्भ गरेको हो ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले टारगेट कन्मर्सन९ न्याय, समानता र जागरण अभियानले जातीय मुक्ती समाज र पार्टीको लागी निकै लाभदायक रहेको बताए । एमालेका मधेश प्रदेश ईन्चार्ज समेत रहेका भट्टराईले छुवाछुत र विभेद प्रकृतिले दिएको कुरा होईन्न, मानव निर्मितको कुरा हो भने उनले जिकीर गर्दै दलीतको हकहीतमा जातीय मुक्ती समाजलाई थप उर्जाका साथ काम गर्न आग्रह समेत गरेका हुन ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवंम मुक्ती समाजका केन्द्रिय उपाध्यक्ष प्रभु हजराले एकरुपत गर्न दलीतको स्तरउन्नती र बिकासको लागी यो अभियान संचालन गरेको बताए । उनले जातीय मुक्ती समाजले तयार पारेको एजेन्डाबारे जिकीर गर्दे जिल्ला देखी पालिका र वडा सम्म संगठन बिस्तार गर्न निर्देशन समेत दिए ।

सो अवसरमा जातीय मुक्ती समाजका महासचिव खेम नेपाली, सचिव सुन्दर विश्वकर्मा, पार्टीेका केन्द्रिय सदस्यहरु, मुक्ती समाजका केन्द्रिय सदस्यहरु लगायत प्रदेश स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.