नेकपा एमाले पर्साको सचिवालय बैठक सम्पन्न
वीरगन्जः नेकपा एमाले पर्सा जिल्ला कमिटीको सचिवालय बैठक आज सम्पन्न भएको छ । पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता एवंम पोलिटब्युरो सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज अच्छुत मैनालीको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बिरगन्ज महानगरपालिकाको वडा नम्बर २४ मनमोहन नगरस्थित पार्टी कार्यालयको सभाहलमा सम्पन्न बैठकले पर्सा जिल्ला कमिटीको ९ औं जिल्ला अधिवेशन आगामी वैशाख १७ र १८ गते जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लाल बङ्गालमा गर्ने निर्णय गरेको जिल्ला कमिटीका सचिव मनोज गुप्ताले बताए । उनले ९ औं पर्सा जिल्लाको अधिवेशनको उद्धघाटन नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जानकारी समेत दिए ।
जिल्ला कमिटी अध्यक्ष शर्माको प्रस्ताव अनुसार बैठकले बर्तमान जिल्ला कमिटीलाई मूल आयोजक कमिटीमा रुपान्तरण गर्दै प्रतिनिधि चयनका लागि मापदण्ड समेत तय गरेको हो ।
बैठकले प्रतिनिधि छनौटका लागि ५० जना संगठित सदस्य मध्ये १ जना प्रतिनिधि भने र पार्टीको जनवर्गीय संगठन मध्ये जिल्ला अधिवेशन भइसकेकोले २ जना पुरुष र १ जना महिला गरी ३ जना प्रतिनिधि पाउने र जिल्ला अधिवेशन नभएकोले महिला पुरुष गरी २ जना प्रतिनिधि पाउने र कलश्टरको हकमा पनि प्रतिनिधि छनौट गर्ने पाउने जिल्ला अध्यक्ष शर्माले बताए ।
बैठकले जिल्ला अधिबेशन सम्पन्न गर्नका लागि प्रतिनिधि प्रमाणित गर्ने जिम्मा जिल्ला प्रदेश संगठन तर्फ पार्टीका पोलिटब्युरो सदस्य एवं सांसद ज्वाला साहलाई जिम्मेवारी दिएसंगै बिभिन्न तहमा नेताहरुको कार्य बिभाजन समेत गरिएको छ ।
यसैगरी मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमिति गठन गरिएको हो । जस अनुसार जन परिचालन उपसमितिको संयोजकमा जिल्ला सचिव गुप्ता, मंच व्यवस्थापन उपसमितिको संयोजकमा मनोज गुप्ता, मानदेव हजरा, खाध्य ब्यबस्थापन उपसमितिको संयोजकमा ओमप्रकाश गुप्ता र अनवर अलि, अथिति ब्यबस्थापन उपसमितिको संयोजकमा अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सल्हाकार, पूर्व माननीय ,प्रचार प्रसार उपसमितिको संयोजकमा पवन तिवारी, संजिव मिश्रा, सांस्कृतिक उपसमितिको संयोजकमा गीत भण्डारी, स्वंसेवक उपसमितिको संयोजकमा विमल पौडेल, श्याम गुप्ता , स्वास्थ्य व्यवस्थापन उपसमितिमा मनिफ अन्सारी रहेका छन । भने प्रतिनिधि छनौट समिति संयोजक विनोद गिरी र मूल समिति सचिवालयमा विश्मबर शर्मा , मनोज गुप्ता , संजिव मिश्रा , मनोज कुशवाहा , मानदेव हजारा , विमल पौडेल , पवन तिवारी , अमानत अन्सारी र प्रतिनिधि व्यवस्थापनमा विशमबर शर्मा , शिवजी गुप्ता र केदार तिवारी रहेको जिल्ला कमिटी अध्यक्ष शर्माले जानकारी दिए ।