नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर कमिटीको दोस्रो भेला सम्पन्न, सुबोध पौडेलको अध्यक्षतामा ११ कमिटी चयन

163

२० जेठ वीरगन्ज , आनन्द पटेल नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर कमिटीको दोस्रो भेला शनिबार सम्पन्न भएको छ । वीरगन्ज स्थित नेकपा एमाले पार्टीको पार्टी कार्यालयमा आज बसेको दोस्रो भेलाले ११ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको अध्यक्षमा मधेश प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुबोध पौडेल, उपाध्यक्षमा पर्सा शारीरिक सुगठन तथा फिटनेस संघका दिपराज बर्णवाल, यसैगरी सचिवमा पर्सा बुद्धिचालका अध्यक्ष अजय कुर्मी, सह – सचिवमा भरतोलन राष्ट्रिय प्रतियोगितामा १७ पटक गोल्ड मेडल जित्न सफल तथा प्रथम अन्तराष्ट्रिय महिला रेफ्री निता थापा, यसैगरी सदस्यहरुमा – अन्तर्राष्ट्रिय जुडोमा १४ पटक गोल्ड मेडल जित्न सफल भएका प्रमोद रौनियार, महमद वेश शेख अन्तरार्ष्ट्रिय तैकन्डो खेलाडी, निरज वर्नवाल पूर्व जिल्ला खेलकुद समिति सदस्य , विक्रम थापा, मुक्ति चौधरी, बिक्रान्त साह र बिक्रम साह रहेका छन ।

भेलाका प्रमुख अतिथी मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ताले नव गठित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको छ । साथै वहाँले आउने दिनमा यो कमिटीले मिलेर खेलकुद क्षेत्रमा काम गर्ने र प्रदेश सरकारले साथ र सहयोग गर्ने पनि वहाँले बताउनुभयो । सो बैठकमा विशिष्ट अतिथी नेकपा एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष रामकिशोर सिंह (पराग) अथिति भारतोलन अन्तराष्ट्रिय रेफ्री प्रदीप कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगर इन्चार्ज राजबाबु रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.