नेपाल चिकित्सक संघ नारायणी: सह–सचिव डा. अजयकुमार यादव, सह–कोषाध्यक्ष डा. विवेक यादव निर्वाचित
वीरगञ्ज, १३ माघ आनन्द पटेल —
नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको निर्वाचनबाट सह–सचिवमा डा. अजयकुमार यादव र सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित भएका छन्।
पेशागत इमानदारी, चिकित्सकहरूको हक–हित संरक्षण तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा निरन्तर योगदान दिँदै आएका दुवै चिकित्सकलाई संगठनभित्र अनुभवी, कर्मठ र जिम्मेवार व्यक्तित्वका रूपमा लिइन्छ। उनीहरूले पर्सा र बारा जिल्लामा स्वास्थ्य सेवा प्रवाहका क्रममा देखाएको समर्पण, नेतृत्व क्षमता र सहकार्यको भावना नै निर्वाचनमा प्राप्त विश्वासको मुख्य आधार बनेको चिकित्सकहरूको भनाइ छ।
नवनिर्वाचित सह–सचिव डा. यादवले संघलाई अझ व्यवस्थित, पारदर्शी र सदस्य–केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैगरी सह–कोषाध्यक्ष डा. विवेक यादवले संघको आर्थिक व्यवस्थापनलाई उत्तरदायी, पारदर्शी र दीर्घकालीन रूपमा सुदृढ बनाउने लक्ष्यसहित काम गर्ने बताउनुभएको छ।
शनिबार सम्पन्न निर्वाचनमा कुल ७६६ मतदाता रहेकामा ४२० मत खसेको थियो। नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत चिकित्सकहरू आबद्ध छन्।