नेपाल पत्रकार महासंघ निर्वाचनमा मधेश प्रदेश अध्यक्षमा श्याम बञ्जारा भारी मतले विजयी

44

मंसिर २९, वीरगन्ज आनन्द पटेल

नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत मधेश प्रदेशको अध्यक्षमा श्याम बञ्जारा भारी बहुमतले निर्वाचित भएका छन । प्रेस चौतारी नेपाल र प्रेस युनियनको साझा गठबन्धनका उमेदवार रहेका बञ्जारा ६७ मतले प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी अवधेश झा २४६ नवल प्रसाद १७१ र श्याम बञ्जाराले ३१३ मत ल्याएका छन् । यो भन्दा पछिको चुनावमा बञ्जारा मधेश प्रदेशको महासचिव पदमा काम गरिसकेका छन ।

निर्वाचित भएका बञ्जारा आफूलाई विजयी गराएकोमा सम्पूर्ण मधेश प्रदेशका मतदाताहरुलाई धन्यबाद दिएका छन् । साथै उनले मधेश प्रदेशलाई सबै पत्रकारहरुको साझा संगठनको रुपमा काम गरेर देखाउने साथै श्रमजीवी पत्रकारहरुको आवाजलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.