नेपाल राष्ट्रिय बिधापीठ विधालयको स्थापना स्मरण दिवस समारोह सम्पन्न

477

नेपालको पहिलो विश्व बिधालय मधेसको शिक्षा उकास्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री

२६चैत्र, वीरगंज

मधेस विश्व बिधालय बीरगंज पर्साले आज आफनै सभाहलमा नेपालको पहिलो विश्व बिधालय नेपाल राष्ट्रिय बिधापिठ स्थापना स्मरण दिवस समारोह मुख्य मन्त्री सरोज कुमार यादवले मधेसमा शिक्षा क्षेत्र खस्केकोले शिक्षा क्षेत्रमा लगानी गरिरहेको बताए । आज मधेस विश्व बिधालय बीरगंज पर्साले नेपालको पहिलो विश्व बिधालय नेपाल राष्ट्रिय बिधापिठ स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन ।मधेसको शिक्षा क्षेत्रमा सुधार गर्न आफू सधैं लागिपरेकोले आज यो मधेस विश्व बिधालय स्थापना भएको बताए । मधेस प्रदेशको शिक्षा क्षेत्र उकास्न प्रदेश सरकार लागिपरेको मुख्य मन्त्री यादवले बताएका छन् । उनले भने अघिल्लो सरकारको कार्यकालमा आफू सभामुख भएको बेला जनकपुर विश्व बिधालय नामको प्रस्ताव आएको तर आफुले मधेस विश्व बिधालय हुनुपर्छ यसमा सबै जातजाति धर्म वर्गलाई समेतन सक्ने भएकोले सभा सदस्यहरुलाई सुझाव दिएको र आज यो मधेस विश्व बिधालय स्थापना गर्न सफल भएको बताए । बीरगंज आर्थिक नगरी मात्र नभएर शिक्षाको इतिहास पनि बोकेको शहर बताउदै यसलाई सबैले अगाडि बढाउन जरुरी रहेको मुख्य मन्त्री यादवको भनाइ रहेको छ। त्यसैगरी पुर्व मुख्य मन्त्री लालबाबु राउत गर्ढीले मधेस विश्व बिधालय स्थापना गर्न आफुले ठूलै चुनौती मोलेर स्थापना गर्न सफल भएको बताए । इतिहास कहिले मेतिन सक्दैन आज आफुले जोखिम मोलेकै कारण मधेस विश्व बिधालयमा यहाँका विद्यार्थीहरु पढ्न पाएकोमा आफू खुशी मात्र होइन मैले त्यसबेला जेगरे राम्रो गरे जस्तो अनुभुती भएको बताएका छन् ।मधेस विश्व बिधालयका उपकुलपति प्रोफेसर डाक्टर दिपक शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमोद जैसवालले अब किताबको ज्ञान भन्दा प्रविधिक र ब्यवहारीक शिक्षाको आवश्यकता रहेको बताएका छन् । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य श्याम पटेल ,नेशनल मेडिकल कलेजका अध्यक्ष डाक्टर जैनुदिन अन्सारी लगायतले आ,आफ्नो धारणा राख्नुभएको थियो भने धन्यवाद ज्ञापन जेठ नागरिक नागेन्द्र चौधरीले गर्नुभएको सो कार्यक्रमको सहजिकरण मधेस विश्व बिधालयका रजिस्ट्रार बिजय यादवले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.