नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको समझनामा वीरगंजमा गाईजात्रा
४ भदौ, वीरगंज
बीरगंज सपारु समितिले मंगलबार बीरगंजमा नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको समझनामा गाईजात्रा निकालिएको छ। बीरगंजको अलखियामठबाट अध्यक्ष संजय जोशीको नेतृत्वमा ल्याली शुरु भइ विभिन्न भेषभुषाम गाईको रुपमा बालबालिकाहरुलाई सजावट मुख्य सडक हुदै माइस्थान दुई नम्बर रोड,बिर्ता हुदै पुर्न फेरि अलखियामठमा आएर समापन गरिएको हो । नेवार समुदायको आफ्नो घर परिवारका सदस्य मृत्यु भएको खण्डमा उक्त गाईजात्राको समझाना माध्यम मार्फत मनाउने चलन रहेको अध्यक्ष जोशीले बताएका छन् । हरेक वर्ष मनाउने क्रममा बीरगंजमा पनि धुमधामले सो गाईजात्रा मनाएको छ। गाईजात्रालाई सफल बनाउन अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ ,बीरगंज सपारु समितिका सचिव सुन्दर श्रेष्ठ ,नेवा पुचका अध्यक्ष हरि बैध,सुनिल जोशी ,अमृता बैध,रुपेमान मानन्धर ,निरज हरिमुल,तारामान श्रेष्ठ ,हिराकाजी महर्जन ,सुशील श्रेष्ठ लगायतको विशेष भुमिका रहेको बीरगंज सपारु समितिका अध्यक्ष संजय जोशीले बताएका छन् ।