नेशनल मेडिकल क्लेजमा आत्महत्या रोकथाम बारे संवाद कार्यक्रम सम्पन्न

162

नेशनल मेडिकल क्लेजको मनोचिकित्सा विभागले को आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस १० सेप्टेम्बर २०२४आत्महत्या रोकथाम बारे संवाद गरौं दृष्टिकोण बदलौ कार्यक्रम नेशनल मेडिकल क्लेजमा सम्पन्न भएको छ ।

आत्महत्या रोकथाम बारे संवाद गरौ,दृष्टिकोण बदलौं कार्यक्रम नाटकको माध्यमद्धारा प्रस्तुत गरिएको थियो । नाटकले तनाव,डिप्रेसन,चिंताले मानिसले आत्महत्या गरिरहेका छन त्यस बारे सचेतना फैलाएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतिको रुपमा रहेको छ । नेपाल सरकारको तथ्याङ्क अनूसार आर्थिक वर्ष २०७८र०७९ मा ६,८५० व्यक्रिले आत्महत्यामा ज्यान गुमाएका छन । विश्व स्वास्थ्य सङ्गठनका अनूसार संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्यूको दोस्रो कारण हो । ९० प्रतिशत भन्दा बढी आत्महत्या मान्सिक स्वास्थ्य समस्याका कारणले हुने गर्दछ । हाम्रो देश नेपालमा सबैभन्दा बढी व्यक्तिले झुन्डेर आत्महत्या गरेका छन भने दोस्रो स्थानमा विष खाएर आत्महत्या गर्नेको संख्या रहेको छ । यस्को निराकरण गर्न अत्यन्त जरुरी रहेको बताउदै अगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराईन ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारीले यस नाटकले हामीलाई धेरै कुराहरुको पाठ सिकाएको छ । चाहे जुन पनि प्रस्थिति किन नहोस आत्महत्या गर्नु हुँदैन । समस्या सबैकोछ तर त्यो समस्या सँग लड्नुको सट्टा आत्महत्या गर्नु यो कायरपन हो । समस्या सँग लडेर आएका व्यक्ति जिवनमा कहिले पछाडि प्रदैन त्यसैले आत्महत्या गर्नुको साटो त्यस समस्या सँग लड्ने वातावरण बनाउनु पर्दछ । त्यस्तै विशिष्ठ अतिथिमा प्रध्यापक डा।के।एन।सिहँ।, नर्सिङ्ग निर्देशक प्रध्यापक गंगा गुरुङ्ग, अतिथिमा नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रध्यापक कबिता पाठक, प्रध्यापक जफर आलम लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नाटकिय कार्यक्रममा प्रमुख भूमिका आमा बनेकि कृति पौडेल, बुवा बनेका दिक्क्षा आचार्य, छोरि बनेकि करुण नेपाल र छोराको भूमिकामा अरनित बिश्वकर्माको रहेको थियो । यो कार्यक्रम डा।राम प्रकाश शाह मनोचिकित्सक को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.