नेसनल प्याब्सन पर्सा वीरगञ्जद्वारा एकदिने एसईई ट्रेनिङ सम्पन्न, स्वर्ण विजेता खेलाडी सम्मानित

27

 

वीरगञ्ज, पुस ९  — नेसनल प्याब्सन पर्सा, वीरगञ्जको आयोजनामा रिसेप नलेज एजुकेसनको सहकार्यमा वीरगञ्जको नगर सभागृहमा एकदिने एसईई ट्रेनिङ २०८२ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयका ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए। काठमाडौंबाट आएका प्रशिक्षकहरूले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, ध्यान, आत्मविश्वास अभिवृद्धि तथा मोटिभेसनल सत्रमार्फत एसईई परीक्षाको तयारीसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए।

यसै अवसरमा भारतमा सम्पन्न तेस्रो कालिम्पोङ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल पर्सा–वीरगञ्जस्थित सनराइज तेक्वान्दो डोजाङका खेलाडीहरूलाई सम्मान गरिएको थियो। प्रतियोगितामा स्वयम् मान रञ्जितकार, स्वस्तिक श्रेष्ठ र सिवान्स गुप्ताले स्वर्ण पदक तथा डेबिड राईले कास्य पदक हासिल गरेका थिए।

पदक विजेता खेलाडीहरू तथा तेक्वान्दो प्रशिक्षक चिफ राजेन्द्र साहीलाई आयोजक कमिटीले सम्मानपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गरेको थियो।

कार्यक्रममा आयोजकले शिक्षा सङ्गसँगै खेलकुदलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिँदै आगामी दिनमा देश र नगर क्षेत्रको नाम उच्च राख्ने गरी खेलाडीहरूलाई निरन्तर अभ्यास र अनुशासनमा रहन प्रोत्साहन गरेका थियो ।

Leave A Reply

Your email address will not be published.