न्यू राव इन्टरप्राईजेजको आयोजनामा खुल्ला रतmदान कार्यक्रम समपन्न, ४ जना महिला सहित ९३ जनाले गरे रतmदान
फाल्गुन १९ वीरगंज, आनन्द पटेल
पर्सा स्थित पावरहाउस चौकमा शनिबार खुल्ला रतmदान कार्यक्रम समपन्न भएको छ । न्यू राव इन्टरप्राईजेजको आयोजनामा गरिएको रतmदान कार्यक्रममा ४ जना महिला सहित ९३ जनाले रतmदान गरेका छन ।
रतmदान गर्नेहरुमा शान्ति देवी, संगीता कुमारी, रिन्की झा, धरमेश पटेल, धिरज सिंह, सुरज सिंह, रोशन कुमार सिंह, राजकुमार पटेल, रामसिंह पटेल, भोला पटेल, राजु हवारी, उपेन्दर पटेल, अनिस पटेल, शतीस पटेल, रामनिवास पटेल, परमिन्दर पटेल लगायत रहेका छन ।
न्यू राव इन्टरप्राईजेजका अध्यक्ष रामसिंह पटेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा प्रसौनी गाउँपालीकाका लेखा अधिकृत प्रेम पटेल, समाज सेवी बिशेस्वर पटेल, बाबुनन्द पटेल, अनुज पटेल, पूर्व वडा अध्यक्ष गजेन्द्र पटेल सुनील पटेल, वडा प्रहरी कार्यालय श्रीपुरका ७ जना प्रहरी जवानहरु लगायतले रतmदानमा सहयोग गरेका थिए ।
वीरगंजमा रगतको अभाव भएको कारण यस वर्ष दुईचोटी रतmदान कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष रामसिंह पटेलले बताए । उनले भने “ पछिल्लो दिनमा वीरगंज लगायत पर्सा जील्लामा रगतको धेरै अभाव भएको कारण्
ा हामीले यस वर्ष दुईचोटी रतmदान कार्यक्रमको आयोजना गरेको र यस कार्यमा प्रहरी जवानहरु, समाजसेवी, साथी मित्र, रतmदाता, संचारकर्मी लगायतले धेरै साथ र सहयोग गरेको बताए ।”
उनले सबैको साथ र सहयोगले नै अहिलेसम्म यो संस्थाबाट तिन पटक रतmदान कार्यक्रमको आयोजना गरिसकेको र अगामी दिनमा पनि यस्ता किसिमका सामाजीक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा पहिलोचोटी रतmदान गरेका पीपरा निवासी राजकुमार पटेलले रतmदान गरिसकेपछी एक किसिमको राम्रो अनुभव भएको बताए । उनले भने” पहिला पहिला रतmदान गर्न डर लाग्थ्यो तर जब म यसको फाईदा र स्वास्थ्यको बारेमा थाहा पाए त्यसपछी म रतmदान गर्न तयार भए र आज रगत दान गरे । म अरु स्वस्थ्य ब्यतmीलाई पनि रगतदान गर्न अनुरोध गर्न चाहन्छु । किनकी हामीले गरेको एकपोका रगतदानले कसैको जीवन बच्न सक्छ ।” सो कार्यक्रममा रतmसंचार केन्द्रका प्रमुख सौरभराज पाण्डे लगायतको टीमले प्राविधिक सहयोग गरेका थिए । न्यू राव इन्टरप्राईजेजका अध्यक्ष रामसिंह पटेलले अहिलेसम्म २० पटक रतmदान गरिसकेका छन ।