पकहाँमैनपुर गाँउपालिकमा अख्तियारको छापा, दिवाखाजा र तालिमको नाममा करोडौको भ्रष्टाचार भएको आरोप

1,401

वीरगन्जः पर्साको पकहाँमैनपुर गाउँपालिमा तिनदिन देखि अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाको टोलीले छानबिन गरिरहेको छ ।
गाउँपालिकाले संचालन गरेको बिभिन्न योजनाहरुमा उजुरी परेपछि अख्तियारको टोली अनुसन्धानमा आएको हो । गाउँपालिकाले संचालन गरेको शिक्षा, समाजिक र लघु उद्यम बिकास तालिम कार्यक्रम लगायत योजनाहरुमा अनियमिता भएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडामा उजुरी दिएका थिए ।

पालिकाद्वारा संचालित दिवा खाजा, सेनेट्री प्याड, ब्युटिसीयन तालिम लगायतका योजनामा व्यापक अनियमिता भएको भन्दै स्थानियले उजुरी गरेका थिए ।

पालिकाले अधिकांश तालिमहरु कागजमै सिमित राखेका, संचालन गरिका योजनाहरुमा व्यापक अनियमितता भएको र बिद्यालयहरुमा बिधार्थीहरुको हाजरी संख्या कम रहेतापनि रजिस्टरमा सख्या बढाई दिवा खाजामा ब्यापक भ्रष्टचार गरेको कारण अख्तियारमा उजुरी परेको स्थानियले बताएका छन । अख्तियारको टोलीले पालिकाको कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको एक कर्मचारीले जानकारी दिए ।

यस बिषयमा पालिकाको योजना शाखा प्रमुख सुधान्शु शेखर प्रसादसंग बुझन खोज्दा अख्तियारको टोलीले पालिकाको बिभिन्न वडाहरुमा संचालित गरिएको ब्युटिसीयन तालीम, दिवा खाजा, सेनेट्री प्याड र लघु उद्यम बिकास तालिम लगायतको योजनाको स्थलगत छानबिन गरिरहेको बताए ।

यति मात्र होईन पालिकाले बिगतको दिनमा पनि बिभिन्न योजनाहरुमा अनियमीता गरेको भन्दै स्थानीयले पटक पटक अख्तियारमा उजुरी दिदैं आएका छन । पछिलो समयमा पनि पालिकाले एउटै बाटोमा दुई दुई पटक माटो ग्रेबलमा करोडौ अनियमिता गरि भुक्तानी गरेको स्थानीयको आरोप छ । सभार सुर्यदैनिक अनलाईन

Leave A Reply

Your email address will not be published.