पत्रकारलाई गम्भिर आरोप लगाएर स्टाटस लेखेका इटहरीका मेयर विरुद्ध महासंघद्धारा आन्दोनको घोषणा

27

विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दिएको अभिव्यक्तिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान मेयर पौडेलले फेसबुक पेजमा ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको’ आरोप लगाएका थिए । उनले समग्र पत्रकारिता जगतलाई लाञ्छना लगाएको तर प्रमाण नदिएको भन्दै पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो । भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन आफूलाई थाहा हुने जिकिरसमेत गरेका थिए ।

इटहरीको पत्रकारिता क्षेत्रलाई नै बदनाम र अपमानित गरेको भन्दै पत्रकार महासंघले ‘दानापानी’ माग्ने पत्रकारको नाम भन्न मेयरलाई चुनौती दिएको छ । महासंघ सुनसरीले बुधबार मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाउने, असार २६ गते बिहीबार इटहरीमा सक्रिय तथा अग्रज पत्रकारहरूको भेला आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्तै इटहरीका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक समाज तथा सरोकारवाला निकायसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा छलफल गर्ने, सूचनाको हक प्रयोग गर्दै इटहरी उपमहानगरपालिकाभित्रका सूचना माग गर्न आह्वान गर्ने, मेयर पौडेलले प्रतिनिधित्व गर्ने पार्टी ९नेपाली कांग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय समितिमा ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति आधिकारिक धारणा माग गर्ने लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सुनसरीमा क्रियाशील पत्रकारका संगठनहरू प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, फोनिजले पनि मेयर पौडेलले सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.