पत्रकारहरुसंग एक दिने कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न 

543

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आज पत्रकारहरु संग एक दिने कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साहको अध्यक्षतामा सम्पन्न सो अभिमुखिकरण कार्यक्रममा उहाँले भने पर्सा जिल्लामा अहिले पनि कुष्ठरोगीहरुको संख्या धेरै रहेको बताए । आफुहरुले त्यस्ता लुकेर बसेका बिमारीहरुको पहिचान गर्न हरप्रयास गरिरहेको बताएका छन्। उनीहरूले खुलेर उपचार गर्न बाट बन्चित भएका बिमारीहरुलाई नेपाल सरकारले निशुल्क अौषधि तथा उपचार गर्ने भएकोले बेलामा सम्पर्कमा आई सेवा लिन आग्रह गर्नुभएको छ।यो रोग खास गरेर छाला र नसामा देखा पर्ने रोग भएकोले दुई देखि ५ वर्ष भित्र मात्र देखा पर्ने भएकोले यदि कसैलाई शंका लागेमा वा बेलामा उपचार गर्न उनले अपिल समेत गरेका छन् ।पर्सा जिल्ला अर्थात अहिलेसम्म कुष्ठरोगीको संख्या १५५ रहेको बताए जसमध्ये सबैभन्दा धेरै बीरगंज महानगरपालिका भित्र १७ जना र साउन देखि पुस सम्मको तथ्यांक ४२ जना कुष्ठरोगी रहेको बताए । दोस्रो बिन्दबासनी ९ जना पोखरीया नगरपालिका ३ जना जगरनाथपुर गाउँपालिकामा ३ जना पर्सागदीनगरपालिकामा २ जना पहाममैनपुर २ जना यसरी हेर्दा सबैभन्दा सर्न एमबी रोग भएकोले यसलाई रोकथाम गर्न जरुरी रहेको बताए । कुष्ठरोग लागेको खण्डमा ६ महिना देखि १२ महिना र बिमारीको अवस्था हेरेर २४ महिनासम्म अौषधि सेवान गर्न लगाउने बताएका छन् ।कुष्ठरोग लागेपछि हातखुट्टाका अौला झर्ने भएकोले यसबाट जगाउन अौषधि नियमित सेवान गरेको खण्डमा रोकथामका लागि सहयोग पुग्ने बताए ।अहिलेसम्मकै बिमारीको संख्या हेर्ने हो भने एमबी धेरै देखिएको र पिसि रोग भएका बिमारी कम भएको बताएका छन् ।यसलाई रोकथाम गर्न घर परिवार तथा छरछिमेकीलाई ट्रेसिङ गरेर चेकजाँच गर्न आवश्यक रहेको बताए ।कार्यक्रममा टेक्निकल अफिसर डाक्टर प्रकाश पौडेलले प्रस्तुति गर्नुभएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,कार्यक्रम संयोजक विनोद झाँ,खोप अधिकृत जैमोद ठाकुर लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.