परवानीपुरमा ट्राफिक सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

45

 

१६ जेठ पर्सा , पर्साको परवानीपुरमा ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम आज सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ स्थित ज्ञान सागर एकेडेमीमा सम्पन्न जनचेतना मुलक कार्यक्रममा सवारी दुर्घाटना न्युनिकरण, सडक सुरक्षाका उपाय, ट्राफिक संकेत, दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानी, र नियम पालना नगर्दा हुने कानुनी कारबाहीबारे प्राविधिक रुपले जानकारी गरार्ईएको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष आर्यन साहले आफु आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिने बताउँदै, समाज सुधारका लागि अन्य जनचेतनामूलक र सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका हुन ।

कार्यक्रममा ज्ञान सागर एकेडेमीका प्रधानध्यापक अकाश देव, संस्थाका सदस्य हेमन्त साह, चन्दन शर्मा, कृष्णा शर्मा, ट्राफिक प्रहरी नायव निरिक्षक मिन बहादुर साउद, सहायक प्रहरी निरिक्षक ईन्द्र बहादुर मगर, प्रहरी जवान जन बहादुर दानी एकेडमीका शिक्षक, श्क्षििका, बिधार्थीहरु लगायत स्थानीय बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.