परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना र ट्राफिक सम्बन्धित र्‍याली सम्पन्न

546

 

असार ०१, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको वडा नं. २१ परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना मुलक तथा ट्राफिक सम्बन्धित र्‍याली सम्पन्न भएको छ। सानो प्रयास (A Little Effort) संस्थाको आयोजनामा सम्पन्न उक्त र्‍यालीको उद्देश्य नागरिकहरूमा ट्राफिक नियम पालन र लागूपदार्थको सेवन विरुद्ध चेतना फैलाउनु रहेको संस्थाका अध्यक्ष सागर कुशवाहाले बताए।

‘ट्राफिक नियमको पालना गरौँ’ र ‘लागूपदार्थ सेवन गरी सवारी नचलाऊ’ भन्ने नाराहरू बोकेर परवानीपुर चौकबाट सुरु भएको र्‍याली परवानीपुरस्थित वडा प्रहरी कार्यालय पुगेर टुङ्गिएको थियो।

र्‍यालीमा मोडर्न हाई स्कुल र ज्ञान सागर एकेडेमीका विद्यार्थीहरू, ट्राफिक प्रहरी, वडा प्रहरी, र नागरिक समाजका सदस्यहरू गरी करिब १०० जनाको सहभागिता रहेको थियो।

सानो प्रयासका अध्यक्ष सागर कुशवाहाको संयोजकत्वमा भएको यस र्‍यालीमा मुस्कान इन्टरप्राइजेज र गलेक्सी फिटनेस सेन्टरको सहयोग रहेको थियो भने असई राम प्रसाद यादवको विशेष उपस्थिति रहेको थियो।

यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र नागरिकहरूमा जागरूकता बढाउने विश्वास राखिएको छ। कार्यक्रमको अन्त्यमा सहभागीहरूले सामाजिक चेतना फैलाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.