पराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना

106

७ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

हर्नियाको शल्यक्रियाका लागि मङ्गलबार साँझ भर्ना भएका हुन् । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए ।

उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन्।

Leave A Reply

Your email address will not be published.