परिवार बचत तथा ऋण सहकारीद्वारा हरितालिका तिज विशेष दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न

39

वीरगञ्ज । हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा परिवार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भव्य दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

बिरगंज महानगरपालिका–९ अन्तर्गत होटल कल्याणी एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सहकारीसँग आवद्ध करिब १५० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो । सहभागी महिलाहरू परम्परागत रङ्गीन पोशाकमा सजिएर तिज गीतमा रमाउँदै दर खाएका थिए । कार्यक्रममा नाचगान, परम्परागत तथा आधुनिक तिज गीत प्रस्तुति र सांस्कृतिक नृत्यले माहोल झनै मनोरञ्जनपूर्ण बनेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका व्यवस्थापक मुन्ना कुमार ठाकुरले महिलाको आत्मबल अभिवृद्धि, सामाजिक एकता र परम्परा संरक्षणका लागि यस्ता कार्यक्रम अपरिहार्य भएको बताए । उनले २०७९ सालदेखि सहकारीले तिज विशेष दर खाने कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिए ।

सहकारीका सचिव राजेश बहादुर श्रेष्ठले महिलाबीच सहकार्य, आपसी एकता र सहकारी भावना विकास गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको बताए । उनले सहकारीले संस्कृति संरक्षणसँगै विभिन्न सामाजिक गतिविधिहरूलाई निरन्तरता दिइरहेको उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.