पर्साका सरकारी विद्यालयमा सुधारका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
वीरगन्ज,१४बैशाखः गुणस्तरीय शिक्षाको माग गर्दै पर्साका दुई सय १५ जना बालबालिकाले लेखेको चिठ्ठी९पत्र० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइएको छ ।
शिक्षाका लागि रष्ट्रिय अभियान नेपाल नामक संस्थाले पर्साका दुई सय १५ बालबालिकाले लेखेको चिठ्ठी शुत्रबmार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शीव प्रसाद लम्सालमार्फत प्रधानमन्त्री प्रचण्डलाई पठाइएको हो ।
उक्त संस्थाले पर्सा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा एक हप्ते अभियान सञ्चालन गरेर सामुदायिक विद्यालयको सुधार लगायतका विषयमा बालबालिकाले लेखेको पत्र संकलन गरेको थियो । दुई सय १५ जना बालबालिकाले लेखेको पत्र शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी लम्सालमार्फत प्रधानमन्त्रीलाई बुझाइएको संस्थाका जिल्ला संयोजक इब्राहिम देवानले जानकारी दिए ।
प्रधानमन्त्रीलाई बालबालिकाहरुले ‘मैले चाहेको विद्यालय’ शीर्षकमा लेखेको पत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नु पर्ने , विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन गर्नु पर्ने , प्रयोगशाला
हुनुपर्ने ,जीवन उपयोगी तथा सीपमुलक शिक्षाको व्यवस्थापन गर्नुपर्ने,बालमैत्री र अपांगमैत्री शिक्षाको व्यवस्थापन गर्नुपर्ने लगायतका बुदाँ उल्लेख छन् ।